नेपाली मुद्राको अवमुल्यन हालसम्मकै न्यून बिन्दुमा, प्रतिडलर १ सय १३ रुपियाँ नाँघ्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमँल्यन भई बिहीबार अहिलेसम्मकै न्यँन बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ अमेरिकी डलरको खरीददर १ सय १२ रुपियाँ ८९ पैसा र बिक्रीदर १ सय १३ रुपिया ४९ पैसा निर्धारण भएको छ ।

नेपाली रुपियाँ भारतीय रुपियाँसँग स्थिर विनिमय प्रणालीमा बाँधिएका कारण भारतीय रुपियाँको अबमुल्यन भएसँगै नेपाली रुपियाँको विनिमय दर पनि घटेको हो । हाल सम्मकै उच्चदरमा अमेरिकी डलरको मुल्य निर्धारण हुँदा आयातमा निर्भर नेपालको अर्थतन्त्र धराशायी हुन सक्ने विज्ञहरुले औल्याएका छन् ।

बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको मुल्य १ रुपियाँ भन्दा बढीले बढेको छ । निर्यातमा आधारित अर्थतन्त्र भएका मुलुकमा डलरसँगको विनिमयदर घट्दा फाईदा पुग्ने भएपनि नेपालले अन्य मुलुकबाट आयात गर्ने भएका कारण मुद्रा अवमुल्यनको असर सबैभन्दा पहिले व्यापार घाटामा देखिने गर्छ ।

त्यसैगरी, नेपालले विभिन्न दातृ निकाय तथा मुलुकबाट अमेरिकी डलरमा ऋण लिने गरेकोमा डलरको मुल्य बढ्दा कर्जा तथा ब्याजको भुक्तानीमा पनि त्यसको प्रत्यक्ष असर पर्छ । डलरमा भुक्तानी गर्ने गरी गरिएको विद्युत् खरीद सम्झौताका कारण पनि नेपाललाई त्यसको असर पर्ने देखिन्छ । कुनैपनि मुलुकसँग भएको विदेशी मुद्राको सञ्चितिका आधारमा वैदेशीक व्यापार हुने भएका कारण पनि न्यँन विनिमय सञ्चिति हुँदा आर्थिक मन्दीको समस्या आएका उदाहरण समेत छन ।

विश्वभर सबैभन्दा विश्वसनीय मुद्राका रुपमा रहेको अमेरिकी डलरको तुलनामा नेपालको मुद्रा अवमुल्यन हुनुमा नेपाललाई विप्रेशण आप्रवाहको क्षेत्रबाट, नेपालमा भित्रिने वैदेशीक लगानीका क्षेत्रबाट र पर्यटनका क्षेत्रबाट मात्र फाईदा पुग्ने देखिन्छ ।