पेट्रोलियम पाइपलाइन ५० प्रतिशत काम पूरा

0
Shares

गोकुल घोरसाइने, बारा
मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको ५० प्रतिशत काम सम्पन्न भएको छ । आयोजना चार महिनाअघि शुरू भएको थियो ।

नेपालमा पेट्रोलियम पदार्थ आयात गरिने प्रमुख नाकाको रुपमा रहेको भारतको मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा नेपालतर्फको ३६ दशमलव २ किलोमिटरमध्ये १६ किलोमिटर र भारततर्फको ३३ दशमलव ७ किलोमिटरमध्ये २४ किलोमिटर पाइप जमिनमुनी गाड्ने काम सम्पन्न भएको मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण योजना कार्यालय सिमराले जनाएको छ ।

योजनाले पाइपलाइन विस्तार गर्ने रुटमा बजार क्षेत्र, आवासीय भवन, धार्मिक सम्पदा, वनजंगल र खोलानालाका कारण विस्तार कार्यमा केही अवरोध सिर्जना भएको जनाएको छ ।

भारतीय कम्पनी निखिथा इन्फ्रास्टक्चरले १५ महिनाभित्र काम सक्ने गरी निर्माणको जिम्मा पाएको र हालसम्मको कार्य प्रगति हेर्दा निर्धारित समयमा नै काम सम्पन्न हुने पेट्रोलियम पाइपलाइन आयोजना कार्यालय सिमराका विज्ञ शरदकुमार पौडेलले दाबी गर्नुभयो ।

पाइपलाइन विस्तार गर्ने रुटमा पर्ने खोला नालामा ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ मेसिनबाट जमिनमुनी पाइप बिछ्याउने कामको तयारीसमेत आयोजनाले गरेको छ । यसका साथै पाइपलाइनमार्फत आउने इन्धन भण्डारणका लागि नेपाल आयल निगम क्षेत्रीय डिपो अमलेखगञ्जमा चार वटा ट्यांकीको मर्मतको काम भइरहेको पौडेलले जानकारी दिनुभयो ।

सिमरादेखि अमलेखगन्जसम्म सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र पर्ने रुख कटानमा आवश्यक प्रक्रिया पँरा गर्नुपर्ने भएकाले पनि आयोजनाको काममा केही ढिला भएको छ । निकुञ्जले वातावरणीय प्रभाव मँल्यांकन (ईआईए) प्रतिवेदन दिइसकेको र दाबी विरोधका लागि ३० दिनको समयावधि दिई सँचना प्रकाशित भइसकेकाले अब जंगल क्षेत्रमा पनि छिट्टै पाइपलाइन विस्तार कार्य हुने पौडेलको भनाइ छ ।

नेपालमा हाल डिजेलको खपत बढी रहेको हुनाले तत्काल डिजेल मात्र ल्याइने र भण्डारना ट्यांकी निर्माण भएपछि पाइपलाइनबाट मट्टितेल र पेट्रोल पनि आयात हुने बताइएको छ ।