मुक्तिनाथ विकास बैंकको बरदान मुद्दति योजना

0
Shares

काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ बरदान मुद्दति योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले एक वर्षको अवधिमा न्यँनतम ५ लाखदेखि निक्षेप राख्न सक्ने छन् । बैंकले यस योजनाअन्तर्गत राख्ने निक्षेपमा वार्षिक ११ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गर्ने छन् ।

यस योजना बैंकको ९५ वटै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकलाई विभिन्न निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, भिसा डेबिट कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।