स्प्राइटको रिफ्रेस बनायो रिचार्ज गरायो योजनामा ४२ लाखको रिचार्ज

0
Shares

काठमाडौं, (नेस)
स्प्राइटको रिफ्रेस बनायो रिचार्ज गरायो योजनाले एकैदिनमा २५ हजारभन्दा बढी विजेतालाई रिचार्ज गराएको छ । साउन ७ गतेदेखि शुरु भएको यो योजनामा हालसम्म ३ लाख ५० भन्दा बढी उपोभोक्ताले ४२ लाख बराबरको रिचार्ज टकटइम जितिसकेका छन् । यो योजना अन्तर्गत उपोभोक्ताले १० रुपियाँदेखि ५ हजार रुपियाँबराबरको टक टाइम जित्न सक्नेछन् ।

यो योजना ५०० एमएल, १ लिटर, १ दशमलव ५लिटर र २ दशमलव २५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागँ हुनेछ ।
यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा को लेवल पछाडि रहेको युनिक कोडलाई टाइप गरी ३६७६८ मा एसएमएस गर्नुपर्ने छ । यो योजना भदौ १५ गतेसम्म लागँ हुन कम्पनीले जनाएको छ ।