सिटिजन बैंकमा धरौटी राखेको साढे सात तोला सुन गायब

0
Shares

काठमाडौं
बैकभित्रै रहेर ठगी गर्ने पााच जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान व्यारोको टोलीले मंगलवार २६ वर्षीय सामिन शाक्य, २८ वर्षीय विन्देश शाक्य, ३३ वर्षीय अमितराज बज्राचार्य, ४५ वर्षीय लभ बराइली र २८ वर्षीय उमेश राज बराइलीलाई पक्राउ गरेको हो। समातिनेहरु वरिष्ठ सुन जााचकी र दुई जना ऋणी रहेका छन् ।

बैंकिङ कसुरमा उनीहरुलाई नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता एसपी सानुराम भट्टराईले जानकारी दिनुभयो । उनीहरुले सिटिजन्स बैंकको न्यारोड शाखामा कार्यरत रहँदा सुन ऋणीहरुको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुादै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गर्दा ७४९७ दशमलब २८ ग्राम ९७ किलो ४ सय ग्राम सुन बराबरको अनियमितता भएको अनुसन्धानमा देखिएको थियो।

ठगी भएको सुनको माल्य २ करोड २८ लाख ३८ हजार ४ सय बराबर हुन आउाछ। उनीहरुलाई पक्राउ गरी उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।