नेशनल बैंकिङ्ग र प्रभु बैंकबीच सम्झौता

0
Shares

काठमाडौं(नेस)
नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र प्रभु बैंक लि. बीच बुधबार तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता खपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एन.बी.आईले प्रभु बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार प्रभु बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौतापत्रमा प्रभु बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृसंजिब सुब्बाले हस्ताक्षर गर्नुभयो ।