एक हजारभन्दा बढीलाई उपचार



रसुवा, (नेस)
रसुवा गोसाईकुण्ड गएका यात्रु भध्ये एकहजार भन्दा बढि भक्तजनलाई लेक लाग्ने समयमा आएको तथ्याङ्क सार्वजनिक भएको छ ।

गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमका अनुसार लौरीविनायक भन्दा माथी का भुभागमा १ हजार ४३६ जनालाई लेक लाग्ने समस्या आएको र ति मध्ये ६० जना गम्भीर विरामी भई गोसाईकुण्डमा हिमालय उद्धार संघले उपचार गरेका थिए । भने १०० जना भन्दा बढि लाई उक्त संघले अक्सिजन प्रयोग गर्नु परेको थियो ।

यस्तै लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालिजंग गणले लेक लागेर विरामी परेका ८ जना लाई लौरीविनायक देखि बोकेर तल झारेको र धुन्चे अस्पताल पु¥याएको बताइएको छ ।नेपाली सेनाले भने ४ हजार १८४ जनालाई प्राथमिक उपचार गरेको कालिगंज गणले जनाएको छ ।

यस वर्ष ९ र १० गते वर्षा नहँुदा यात्रुहरुलाई उकालो चढ्न र फर्किन सहज भएको यात्रुहरुले बताए । उकालो जाँदा लेक लाग्ने ठाउँमा भक्तजनले भाङ सेवन गरेको पाइएकोले त्यस्ता कार्य निरुत्साहित गराउन चिकित्सकले सुझाव दिएका छन । हिमालय उद्धार संघले समग्रमा ४३६ जनालाई उपचार र पाटन स्थित अक्सपोट युनिभर्सीटी स्थास्थ्य विज्ञान प्रतिष्ठानले लौरीविनायकबाट ५०० जनालाई परामर्श सेवा प्रदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्