जनता बैंकको ‘मेरो तलब खाता’ योजना


काठमाडौं, (नेस)
श्रम ऐनले सबै क्षेत्रका कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्थालाई मध्येनजर गर्दै जनता बैंक नेपालले श्रमिक÷कर्मचारीका निम्ति अधिकतम् सुविधा सुनिश्चित गर्ने उद्देश्यसहित ‘मेरो तलब खाता’ सञ्चालनमा ल्याएको छ ।

मेरो तलब खाताका विशेषताहरूमा शँन्य मौज्दातमा खाता खोल्न सकिने, वार्षिक ब्याजदर ७ प्रतिशत, दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी, निःशुल्क भिसा डेविड कार्ड (२ वर्षको लागि ), निःशुल्क दुर्घटना (मृत्यु) बीमा सुविधा (७ लाखसम्म ), निःशुल्क एबीबीएस सुविधा (२ लाखसम्म) लगायतका सुविधा रहेको छ ।

संगठित क्षेत्रमा कार्यरत सबै उमेर समँहका ग्राहकले नजिकको शाखामा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् । साथै श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी÷श्रमिकको सञ्चय कोष, उपदानलगायतका रकम जनता अवकाश कोषमा जम्मा गर्न सकिने पनि बैंकले जनाएको छ ।
बैंकको हाल १२२ शाखा, ४० शाखारहित बैंकिङ, २ सीमित बैंकिङ इकाई, २ एक्सटेन्सन काउन्टर र ७० एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।