एउटै कार्यक्रममा वीस पुस्तकहरुको विमोचन



ज्ञानमणि नेपाल, काठमाडौं ।
शब्दार्थ प्रकाशनले आज ( भदौ ९ गते ) एकै दिन एउटै कार्यक्रमका वीच २० वटा साहित्यिक पुस्तकहरुको विमोचन गरेको छ । आफ्नो १४ औं वार्षिक उत्सवका अवसरमा ती पुस्तकहरुको विमोचन गरिएको संस्थाका प्रबन्ध संचालक विनय कुमार शर्मा नेपालले जानकारी दिए ।
शब्दार्थ प्रकाशनद्वारा प्रकाशित विविध विषय विधाका ३० वर्ष देखि ८० वर्ष उमेर सम्मका २२ जना स्रष्टाका २० वटा पुस्तकको सामुहिक विमोचन भएको प्रकाशनले जनाएको छ । विमोचन भएका पुस्तकहरुमा, अमरत्वको सम्झना (संस्मरण सङग्रह) (प्रा.शिवगोपाल रिसाल र सं. विनयकुमार शर्मा नेपाल) , छेउ न टुप्पो–निबन्धसङग्रह (प्रकाशप्रसाद उपाध्याय), समसामयिक नेपाली समालोचना–समालोचनासङग्रह (प्रा.राजेन्द्र सुवेदी) , देवानको औँठी–कथासङग्रह (जनक वाग्ले), भविष्यवाणी–कथासङग्रह (राममणि पोखरेल) रहेका छन् । त्यस्तै अन्य पुस्तकहरुमा चूडाला–उपन्यास (वेदमणि घिमिरे), सम्मीलन–कवितासङग्रह (ठाकुर शर्मा) , नेपाली गणित कोष–शब्दकोश (महेश्वर प्रसाद उपाध्याय इस्माली र विनयकुमार शर्मा नेपाल ), तथा सुदर्शन–निबन्धसङग्रह (कमल रिजाल) छन् ।
यसै गरि कोशीको उडान–कवितासङग्रह (डा.विदुर चालिसे) , प्रेमाञ्जली–मुक्तकसङग्रह (विनयकुमार शर्मा नेपाल) , निदाउन नसकेका रातहरु–कथासङग्रह (गोपाल अश्क), जिलेटिनमा फल–गजलसङग्रह (दुर्गा प्रसाद ग्वालटारे) , ब्रिटिश ओइदर–कथासङग्रह (रामहरि पौड्याल) छन् । राप–उपन्यास (चन्द्रमणि पौडेल) , मानव अधिकार शब्दकोश–शब्दकोश (माधव रेग्मी÷कैलाशकुमार सिवाकोटी) , मुक्तकाञ्जली–मुक्तकसङग्रह (तिलस्मी प्रभास) , सैद्धान्तिक आधार ः प्रायोगिक विश्लेषण–समालोचनासङग्रह (जीवन जीवन्त) , अनेक विधा अनेक दृष्टि–समालोचनासङग्रह (अम्बिका अर्याल) र आभास–उपन्यास (विनोदकुमार श्रेष्ठ ) कृति पनि विमोचन भएका थिए । उल्लेखित सबै कृतिहरु सम्बन्धित लेखकहरुले नै विमोचन गरेका थिए ।
त्यस्तै सोहि कार्यक्रममा विगत ११ वर्ष देखि निरन्तर प्रकाशित विधा केन्द्रित साहित्यिक पत्रिका वैजयन्तीले हरेक वर्षझैं यस वर्ष पनि वैजयन्ती स्रष्टा सम्मान वितरण गरेको थियो । सो सम्मान पाउनेमा इन्द्रकुमार श्रेष्ठ ‘सरित’ –कथा) , डा.लेखप्रसाद निरौला (समालोचना ) , भाष्कर भण्डारी (निबन्ध) , वासुदेव अधिकारी (गद्यकविता) , वासुदेव पाण्डेय (गजल) , प्रभा भटटराई (गद्यकविता ) गरि ६ जना थिए ।
कार्यक्रममा राजनितिज्ञ एवं साहित्यकार प्रदिप नेपाल, नेपाली बृहत शब्दकोशका लेखक वसन्त कुमार शम्मा नेपाल, समालोचक राजेन्द्र सुवेदी लगायत दर्जनौं साहित्यकारहरुको उपस्थित रहेको थियो । उल्लेखित वीस वटै कृतिहरुलाई समिक्षक रमेश शुभेच्छु र विनय कुमार शर्मा नेपालले समिक्षा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्