एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
नेसनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) र एभरेष्ट बैंकबीच बैंकिङ तालिम सञ्चालनसम्बन्धी सम्झौतापत्र भएको छ ।

उक्त सम्झौताअनुसार एनबीआईले एभरेष्ट बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ । सम्झौताअनुसार एभरेष्ट बैंकले आफ्ना कर्मचारीका लागि नेसनल बैंकिङ इन्ष्टिच्युटबाट न्यूनतम् ५० लाख रुपिया“बराबर रकमको वार्षिक तालिम सञ्चालन गराउने छ ।

उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेसनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका थिए ।