कालीमाटी बजार अनुगमनमा गएको सरकारी टोलीलाई ब्यापारीले कोठाभित्र थुनेपछि हंगामा

0
Shares

हेमन्त जोशी, काठमाडौं ।
काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्र थुनेका छन्।
सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीले कोठामै थुनेको प्रहरीले जनाएको छ ।

व्यापारीले अनुगमनमा गएको टोलीलाई भित्र राखेर गेटमा धर्ना दिइरहेका छन्। सरकारी टोलीलाई छुटाउन अहिले कालीमाटीमा प्रहरी परिचालन गरिएको कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितीका अध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिएका छन् ।

गएराति ३ बजे अनुगमनमा पुगेको तरकारी टोलीलाई व्यापारीहरुले थुनेपछि त्यहाँको स्थीतीको स्थलगत अनुगमनको लागि उद्योग बाणिज्य तथा आपूर्र्ति मन्त्री मात्रीका प्रसाद यादब तथा उधोग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सह सचिव रविशंकर सैजु र नवराज ढकालसहितको टोली त्यहाँ पुगेको छ ।

सरकारी टोलीले काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको थियो।