सिन्धुपाल्चोकमा तीन जनालाई खोलाले बगायो


काठमाडौं । खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो भने ट्रिपरसहित खोलामा खसेका चालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको मेलम्ची नगरपालिकामा सिन्धु खोलाले बगाउँदा सोही नगरपालिका वडा नं १२ का ५५ वर्षीय लक्ष्मीबहादुर माझीको मृत्यु भएको हो ।

घटनाको करिब नौ घण्टापछि भीमटारस्थित इन्द्रावती नदीमा माझीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कँडेलले बताए ।

उता, बाह्रबीसे नगरपालिकाको जम्बुमा भोटेकोशी नदीले बगाएर वडा नं ५ गातिका २८ वर्षीय निमाछिरिङ तामाङको मृत्यु भएको छ । बुधबार ट्रिपरसहित नदीमा बेपत्ता भएका ट्रिपर चालक साङ लामा अझै फेला पर्न सकेका छैनन् ।

जुगल गाउँपालिकामा निर्माणाधीन बलेफी खोला–ए जलविद्युत आयोजनामा कार्यरत उनी सुरुङबाट निक्लिएको ढुंगामाटो फाल्ने क्रममा ट्रिपरसहित चिप्लिएर नदीमा खसेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।