मृतकका आफन्त र अस्पताल प्रशासनको कुरा मिलेन, गम्भीर प्रकृतिका विरामीहरुको ज्यान जोखिममा

0
Shares

धनवीर दाहाल, रुकुम । चार दिन देखि आफन्तहरुले मृतको सव नवुझदा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा आकस्मीक सेवा प्रभावित भएको छ । मृतकका आफन्त र अस्पताल प्रशासन विच पटक पटक वार्ता हुदा क्षतिपुर्तिका विषयमा कुरा नमिले पछि शव अस्पतालमा रहेको छ । मृतकका आफन्तहरुले अस्पताल संग क्षतिपुर्तिको माग गर्दै आईरहेका छन भने अस्पतालले क्षतिपुर्ति नदिने अडान गरेको छ ।

कानुनी प्रक्रियामा जान आफुहरु तयार रहेको भन्दै अस्पतालले कानुनी प्रक्रिया पछि आउने प्रतिवेदनको आधारमा यदि अस्पतालको गल्ती देखिएको खण्डमा कानुन वमोजम हुने सजाय वेहोर्न तयार रहेको वताएको छ । मृतकका आफन्तहरुले वालवच्चाहरुकोे भरण पोषण तथा शिक्षा दिक्षाको जिम्मा अस्पतालले नलिए सम्म सव नवुझने मृतकका ससुरा टिकाराम आर्सीले वताउनुभयो । ३ पटक सम्म भएको दुई पक्ष विचको वार्ता निश्कर्ष विहिन हुँदा अस्पतालमा आउने अन्य गम्भीर प्रकृतिका विरामीहरुको स्वास्थ्य अवस्थामा झन समस्या परेको छ ।

अस्पतालकोे आई.सि.यु कक्षमा मृतकको सव रहेकोले अन्य जटिल प्रकृतिका विरामीहरुको उपचार हुन नसकेको अस्पतालका डाक्टर कालेव वुढाले वताउनुभयो । आफुहरु विरामीको सेवा गर्न तयार रहेको भएतापनि अस्पतालको वातावरण तनावग्रस्त भएकोले आकास्मिक सेवा समेत प्रभावित हुन पुगेको डाक्टर वुढाको भनाई छ ।

अस्पतालमा तनाव उत्पन्न भएयता अस्पतालमा उपचार हुन सक्ने ४ जना गम्भीर प्रकृतिका विरामीहरुलाई चौरजहारी अस्पतालले नेपालगञ्जका लागी रेफर गरेको छ । एपेन्डिसाईटिसको समस्या भएका चौरजहारी नगरपालिका वडा नं ९ का खिम वहादुर वुढा, सोही नगरपालिका वडा नं १ कि गर्भवति महिला बबिता वि.क,. दमका विरामी शेर वहादुर वि.क लाई उपचारको लागी नेपालगञ्ज रिफर गरिएको छ ।

त्यसैगरी सर्पको डसाई वाट घाईते सुस्मा विष्टको पनि नेपालगञ्ज रेफर गरीएको थियो । उहाँको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको परिवारले जानकारी दिएको छ । सल्यक्रिया गर्नको लागी उपयुक्त वातावरण नहुँदा विरामीहरु उपचार नपाएर फर्किनुपर्ने अवस्था रहेको अस्पतालले वताएकोे छ । चार दिन देखि आई.सि.यु कक्षमा रहेको मृतकको शव सडन थालेकोले महामारीको रुप लिन सक्ने अस्पताल प्रशाशक डिल वहादुर गिरीले जानकारी दिनुभयो ।

आईतवार जाजरकोट भेरी नगरपालिका वडा न. १३ कुदुकि २९ वर्षिय यशोदा मल्ल रोकायको चौरजहारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दा ३५ लाख वरावरको क्षति भएको अस्पतालले वताएको छ ।