नेपाल समाचारपत्र, काठमाडौं ।
भावी प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बुधबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर गएकाले बैठक बस्न नसकेको बताइएको छ । प्रमुख प्रतिपक्ष दल नै नभएपछि परिषद अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन्।
यसअघि दीपकराज जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस भएकामा संसदीय सुनुवाइ समितिको दुई तिहाई बहुमतले अस्वीकृत गरेको थियो। शैक्षिक प्रमाणपत्र लगायतका विवादमा मुछिएपछि समितिले जोशीलाई अस्विकृत गरेको हो।











प्रतिक्रिया