नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसीरहेको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले दिएको राजीनामा, पार्टीको तल्लो तहको एकता प्रक्रिया लगायतका विषयमा छलफल हुने बताइएको छ । सचिवालय सदस्य समेत रहेका श्रेष्ठले ७ साउनमा प्रवक्ता पदमा आफू नरहने भन्दै राजीनामा दिएका थिए।

ड.गोविन्द केसीका माग र सुशीला कार्कीसँगको भेटको विषयलाई लिएर प्रधानमन्त्री केपी ओलीले बैठकमा मौखिक स्पष्टीकरण सोधेपछि श्रेष्ठले पदबाट राजीनामा दिएको बुझिएको छ ।