अोम म्याक्स हलमा लागेको अागो नियन्त्रण बाहिर


काठमाडाैँ । मकवानपुरको हेटौडामा रहेको ओम म्याक्स सिनेमा हलमा बुधबार बिहान भीषण आगलागी भएको छ । बिहान १० बजेदेखि लागेको आगलागी यो समाचार तयार पर्दासम्म अागो नियन्त्रणमा आउन सकेको छैन ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको सो सिनेमा हलमा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । आगो निभाउन हेटौडा र बाराका दुई वटा दमकल प्रयोग गरिए पनि नियन्त्रणमा कठिनाइ भएको छ । अागो नियन्णामा नअाए पनि चितवन र पर्साबाट पनि दमकल मगाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।