नेपाल समाचारपत्र, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ । मिश्रका बुबा वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो ।
आफ्नै निवासमा सुतेको अवस्थामा बिहान ३ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ८३ वर्षीय मनुजबाबु लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित थिए । दिवंगत मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।











प्रतिक्रिया