करेन्ट लागेर एकको मृत्यु


रामधन राई, खोटाङ ।
करेन्ट लाग्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका एक ब्यक्तिको शुक्रबार ज्यान गएको छ । पुरानो घरबाट तार टाँगेर अन्यत्र विद्युत लैजाने क्रममा करेण्ट लाग्दा हाल सोही नगरपालिका–७ ऐसेलुखर्कमा बसेबास गर्दै आउनुभएका चन्द्र किरातकोे ज्यान गएको हो ।
किरातको घरनजिकैको टहरामा विद्युत लैजानेक्रममा करेन्ट लागेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । किरातलाई दिउँसो ३ बजेतिर करेन्ट लागेको अनुमान गरिएको स्थानीय देबराज केसीले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा माओबादी केन्द्रका आउनुभएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।