ग्राण्डी अस्पतालका डाक्टरहरू सवार हेलिकोप्टर ककनीमा आकस्मिक अवतरण


काठमाडौं । ग्राण्डी अस्पतालका डा. अजय सिंह, नर्स अनु शाही र पाइलट प्रिया अधिकारी सवार हेलिकोप्टर काठमाडौंको ककनी–१, मगटामा आकस्मिक अवतरण गरिएको छ ।  चितवनबाट बिरामी लिएर आएको श्री एयरलाइन्सको हेलिकोप्टर काठमाडौंको ककनी–१, मगटामा आकस्मिक अवतरण गरिएको हाे ।

मौसममा आएको खराबीका कारण आकस्मिक अवतरण गर्नु परेको बताइएकाे छ । घटनास्थलमा बलाजुका डिएसपी चिरञ्जीवी नेपाल पुगेका छन् । उनका अनुसार हेलिकोप्टरमा सवार सबै सकुशल छन् । उपचारका लागि ल्याइँदै गरेको बिरामी खगराज अधिकारीको भने अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।