कर वृद्धिमा पछि हट्यो महानगर

0
Shares

वीरगन्ज, (नेस)
व्यवसायीको चर्काे विरोधपछि वीरगन्ज महानगरपालिकाले जग्गाको मूल्यांकन, कर र शुल्क वृद्धि स्थागनको तयारी गरेको छ । नगरप्रमुख विजयकुमार सरावगीले मंगलबार वीरगन्जमा पत्रकार सम्मेलन गरी नगर कार्यपालिकामा यो प्रस्ताव लैजाने जानकारी दिनुभयो ।

महानगरले बुधबार बस्ने कार्यपालिका बैठकमा मालपोत कार्यालयको दर्ता प्रयोजनको दरका आधारमा निर्धारणको प्रस्ताव लैजाने सरावगीले बताउनुभयो । वीरगन्ज उद्योग वाणिज्य संघलगायतका व्यावसायिक संस्थाले मँल्याङ्नको सबैभन्दा बढी विरोध गर्दै आएका थिए ।
महानगरको कार्यपालिका बैठकमा मँल्यांकन र कर वृद्धि स्थगनको प्रस्ताव लैजान लागिएको र कार्यपालिकाबाट पारित भए नगरसभा बोलाएर निर्णय गराउने सरावगीले बताउनुभयो ।

महानगरको दोस्रो नगरसभाले आर्थिक वर्ष २०७५÷७६ का लागि जग्गाको मँल्यांकन ८ करोड रुपियाँसम्म पु¥याइएको थियो । त्यही जग्गाको मँल्यांकन मालपोतले १ करोड ८० लाख रुपियाँ तोकेको छ । महानगरले लगाएको वातावरण तथा सडक मर्मत शुल्क, डिजेल र पेट्रोलमा लगाइएको बिक्री कर, फलामे डन्डी, सिमेन्ट र कुखुरामा लगाइएको कर पनि स्थगनको तयारी गरेको प्रमुख सरावगीले बताउनुभयो ।

कवाडी करको दरमा व्यवसायीसँग छलफल गरी निकास खोजिने सरावगीले बताउनुभयो । प्रमुख सरावगीले यो निर्णयबाट माहानगरको लक्षित आयमा २५ देखि ३० करोड रुपियाँले कमी आउने दाबी गर्नुभयो । वीरगन्ज महानगरपालिकाले लक्ष्य अनरुप कर उठाउन नसके वीरगन्जको विकास पनि हुन नस्कने सरावगीको तर्क रहेको थियो ।