९ करोड २८ लाख राजस्व उठायो

0
Shares

विराटनगर, (नेस) जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷०७५ मा ९ करोड २८ लाख ७८ हजार ६ सय रुपियाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा वन पैदावार तथा लिलामीबाट ८ करोड ४२ लाख ९ हजार, न्यायिक दस्तुुरबाट १० लाख ३३ हजार, बेरुजुु असुुलीबाट २८ लाख तथा प्रशासनिक सेवाबाट ७ लाख ५६ हजार राजस्व संकलन भएको जिल्ला वन कार्यालय मोरङका प्रमुुख डा. विनोद देवकोटाले बताउनुभयो ।

सामुुदायिक वनबाट ३ लाख ३४ हजार, साझेदारी वनबाट १ लाख ९३ हजार, सरकारी वनबाट ४४ हजार ९ सय ९० तथा निजी वनबाट २ लाख ११ हजार क्युुविक काठ उत्पादन भएको जिल्ला वन कार्यालयका प्रमुुख देवकोटाले जानकारी दिनुभयो । उहाँले अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा साढे ६ करोड राजस्व संकलन गरेको जानकारी दिनुभयो।