टेलिकमको नमस्ते रिचार्ज कार्ड आयो

0
Shares

काठमाडौं, (नेस)
नेपाल टेलिकमले आप्mना सेवा रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने छन् । यद्यपि, कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने छ ।

कम्पनीले ५०, १००, २००, ५०० र १००० रुपियाँ दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ ।
रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ ।

नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशनअनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवामा रिचार्ज गर्न सकिन्छ । जीएसएम मोबाइलका ग्राहकहरुले एस्ट्रिक ४१२ एस्ट्रिक पिन कोड ह््यास डायल गरेर पनि रिचार्ज गर्न सकिन्छ ।

त्यस्तै नेपाल टेलिकमको मोवाइल एप तथा वेबसाइटमार्फत पिन कोड प्रयोग गरी रिचार्ज गर्न सकिन्छ ।

नेपाल टेलिकमले हाल रिचार्ज कार्ड वाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ ।