वीरगन्ज महानगरले कार्यपालिकाबाट कर घटाउने निर्णय लिने

0
Shares

वीरगन्ज, (नेस)
वीरगन्ज महानगरपालिकाले वृद्धि गरेको करका विषयमा कार्यपालिका बैठकबाट निर्णय लिने भएको छ ।

कर वृद्धिको विरोधमा उत्रेको वीरगन्ज उद्योग बणिज्य संघ तथा महानगरपालिका बीच सोमबार भएको छलफलका क्रममा मेयर विजय सरावगीले कर घटाउने कुरा कार्यपालिका बैठकमा पेश गर्ने र निर्णय लिने प्रतिबद्धता जनाउनु भएको छ । उद्योग बणिज्य संघका अध्क्षय ओमप्रकाश शर्माको नेतृत्वमा विभिन्न संघ संस्थाका प्रतिनिधि सम्मिलित टोली तथा वीरगन्ज नगर प्रमुख विजय कुमार सरावगीबीच छलफल भएको हो ।

छलफलमा घर जग्गाको मँल््यांकन मालपोत कार्यालयले निर्धारण गरेको मँल््यांकनको आधारमा हुनुपर्ने साथै अन्य कर वृद्धिको पनि पुनरावलोकन हुनुपर्ने सुझाव उद्योग वणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले सुझाव राखेका थिए ।आगामी हुने महानगरपालिकाको कार्यपालिकाको बोर्ड बैठकमा आफँले प्रस्तावको रुपमा लग्ने निर्णय नगर प्रमुख विजय कुमार सरावगीले गरेपछि उद्योग बाणिज्य संघको आन्दोलन पनि स्थगित भएको छ ।