मेगा बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
मेगा बैंक नेपाल र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सेवा आदान प्रदानसम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्रान्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतिक तिवारीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा मेगा बैंकका कर्मचारी, ग्राहक र उनीका परिवारलाई विभिन्न स्वास्थ्य सेवा र सुविधा प्रदान गरिने उल्लेख छ ।

सम्झौताअनुसार मेगा बैंकका ग्राहकले १५ सय रुपियाँ तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने भएका छन् । प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पँर्ण कोलेस्टोरेल, क्रेटेनाइन, युरिन टेस्ट, एसजीओटी, एकजीपीटी, चेस्ट एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेसन कार्ड रहेका छन् ।

यसैगरी, मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले उपचारमा साढे ७ प्रतिशत छुट पाउने भएका छन् । ग्रान्डी अस्पतालले उपचारका लागि आकस्मिक रुपमा हेलिकप्टर प्रयोग गर्नुपर्दा मेगाका ग्राहक र उनीहरुको परिवारलाई प्राथमिकता दिने सम्झौता भएको छ ।