अग्नि ग्रुपको कुलेश्वरमा नयाँ शोरुम

0
Shares

काठमाडौं (नेस)
अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वक्र्सले महिन्द्रा गाडीको लागि हालै स्पेयर पार्टस्हरु तथा लुब्रिकेन्ट बिक्री गर्ने उद्देश्यसहित काठमाडौंको कुलेश्वरमा आधिकारिक बिक्री कक्षको विस्तार गरेको छ ।

स्पेयर पार्टस्, एक्सोसरिज एवं लुब्रिकेन्टहरु बिक्री गरिने यस बिक्री केन्द्रको उद्घाटन कम्पनीका अर्जुनप्रसाद शर्माले गर्नु भएको थियो । सो बिक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने छ विश्वास कम्पनीले लिइएको छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालिअन्तर्गत अग्नि इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजु अटो वक्र्स प्रालि रहेका छन् ।