करोडौंको कोल्ड स्टोर खण्डर बन्दै

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका– ६ आमतोला चोक नजिकै २०६४ सालमा शिलान्यास भएको कोल्डस्टोर अझै सञ्चालनमा आउन सकेको छैन । कोल्डस्टोर २०६७ सालमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले निर्माण सम्पन्न गरे पनि अझै सञ्चालनमा आएको छैन ।

कोल्ड स्टोरेज हालसम्म सञ्चालमा नआउँदा दक्षिण पँर्वी मोरङका कृषकले उपयोग गर्न नपाउँदा निरास भएका छन् ।

कोल्ड स्टोरेज सञ्चालन नहुँदा रंगेली नगरपालिका सुनबर्सि नगरपालिका, रतुवामाई नगरपालिका, धनपाल थान गाउँपालिका र कानेपोखरी गाउँपालिकालगायतका गाउँका कृषकले आफूँले खेत बारीमा उत्पादन गरेको आलु, प्याज, लसुनलगायतका सामग्री कोल्ड स्टोरेजमा राख्नबाट बञ्चित हुनु परेको बताएका छन ।

विराटनगरका अरुण शर्माले १२ कठ्ठा जग्गा दान दिएपछि नेपाल–भारतको संयुक्त लगानीमा ३ करोडको लागतमा निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआउँदा बालुवामा पानी हालेसरी भएको स्थानीयको भनाइ छ । स्थानीय रासरोज महजतोले भने कोल्डस्टोरेज बनाएकर के गर्नु सञ्चालन गर्न कसैले सकेनन्, हाम्रो समस्यामाथि कसैको ध्यान जान सकेको छैन ।

तत्कालीन भारतीय राजदँत शिवशंकर मुखर्जीले २०६४ भदौ ७ गते सो कोल्ड स्टोरेजको शिलान्यास गरेका थिए । २०६७ सालमा निर्माण सम्पन भएता पनि हालसम्म सञ्चालन नहँुदा यस भेगका कृषकले उब्जाएको आलु, प्याज, लसुनलगायत सामग्री लामो समय राख्न नसक्दा लाखौंको घाटा हुने गरेको छ ।

रंगेली नगरपालिका–३ का कृषक हरिशंकर मण्डलले अहिले ६ बिघा खेती गर्ने गर्देछन । उनी आफू्नो खेतमा उत्पादन गरेको आलु नबिग्रियो भनेर कोल्ड स्टोरेजमा राख्न २० किलोमिटर यात्रा गरेर विराटनगरका कोल्ड स्टोरेजमा राख्न बाध्य छन् ।

यस्तै रंगेली नगरपालिकाका राधेश्याम राजवंशीले कोल्डस्टोरेज सञ्चालनमा नआउँदा आफूँले खेतीमा अहिले आलु उत्पादन समेत कम गर्ने गरेको बताउनुभयो । कोल्ड स्टोरेज सञ्चालनमा नआउँदा कागलाई बेल पाक्यो हर्सन बिस्मत भएको अनुभव भएको उनी बताउँछन् । अर्का कृषक नेत्र भट्टराईका अनुसार आफूँले उव्जाएको तरकारीहरु नजिकै रहेको कोल्डस्टोरेजमा राख्न पाउने भयो भनेर खुशी भएको तर अहिलेसम्म सञ्चालनमा नआउँदा दुःखी भएको बताए ।

रंगेली नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मीका अनुसार २०७४ साउन २७ गते कार्यपालिकाको निर्णयले उक्त गुठीको सम्बन्धित निकायमा सो कोल्डस्टोरेज नगरपालिकालाई लिज वा करार या सधैंका लागि नगरपालिकालाई हस्तान्तरण गर्नेका लागि नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीलाई लिखित पत्रसहित जानकारी गराएको बताउनुभयो ।

परिपत्र गरेको एक वर्ष बितिसक्दा समेत सम्बन्धित निकायले बेवास्ता गरेको कारण रंगेली नगरपालिकाले २०७४÷०७५ सालमा समेत उक्त कोल्ड स्टोरेजमा रकम छुट्याउन नसकेको र यस आर्थिक वर्ष २०७५÷०७६ सालमा समेत बजेट नछुटिआएको उहाँले बताउनुभयो । अधिकृत रेग्मीका अनुसार कोल्डस्टोरेज सञ्चालनमा ल्याउनका लागि ८० लाख देखि १ करोड रुपियाँसम्म खर्च लाग्ने छ ।