साइबर सुरक्षामा सामूहिक प्रयासको खाँचो औंल्याइयो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ
साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै नेपालमा पहिलोपटक आयोजित दुई दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ ।

इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट)को मुख्य आयोजना र आइसिटी फ्रेमको सहआयोजनामा आयोजित समिटमा साइबर अपराध, साइबर नीति र कानुन तथा सुरक्षाका विभिन्न अभ्यास बारे विश्लेषण र निदानका विषयमा छलफल भएको थियो ।

समिटले साइबर सुरक्षाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा समिटले निष्कर्श निकालेको छ । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले साइबर सुरक्षा चुनौतीलाई न्यँनीकरण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

समिटका मुख्य वक्ता आइक्यान एसिया प्यासिफिकका रिजनल सेक्युरिटी, स्टाबिलिटी एन्ड रिजेलेन्सी म्यानेजर चाम्पिका वाइजायातुङ्गाले डोमेन नेम सेक्युरिटीका लागि विश्वभर अझै चेतना अभिवृद्धि हुन नसकेको बताए । उनले नेपालको राष्ट्रिय डोमेन (डट एनपी) पनि डोमेन नेम सेक्यरिटीमा पर्न नसकेको जानकारी दिए । उनले नेपालको राष्ट्रिय डोमेनलाई सुरक्षित गर्न साइबर सेक्युरिटीका विज्ञहरुको सामूहिक प्रयास आवश्यक भएको बताए ।

समिटमा साइबर सुरक्षासम्बन्धी विभिन्न विषयवस्तुमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, अमेरिका र बेलायतकाका सहभागी थिए । सो अवसरमा क्लाउड कम्प्यटिङ एन्ड सेक्यरिटी, म्यानेजिङ रिस्क इन डिजिटल इनभाइरोमेन्ट, थ्रेट एन्टेलिजेन्स सेयरिङ, यनिफाइड थ्रेट म्यानेजमेन्ट, साइबर सरक्षाका लागि सचेतनालगायतका विषयमा वक्ताहरुले पेश गरेका कार्यपत्रमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो ।

साथै साइबर सेक्यरिटी रिजिलेन्स विषयमा २ चरणमा विज्ञहरुबीच प्यानल छलफलसमेत भएको थियो । समिटमा सरकारी, व्यावसायिक, बैंक तथा वित्तीय संस्था, दँरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, शैक्षिक संस्थालगायतका क्षेत्रबाट करिब २ सय जनाको सहभागिता रहेको थियो ।

समिटकै अवसर पारेर पहिलो दिन शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय कृषि तथा अनुसन्धान केन्द्र (नार्क) मा प्रि–समिट वर्कसप आयोजना गरिएको थियो । वर्कसपमा ‘साइबर सेक्युरिटी टेक्नोलोजी’ र ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा सहभागीलाई विभिन्न विधाका विज्ञले क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए ।