महानगरपालिकाविरुद्ध उद्योगी व्यवसायी सडकमा

0
Shares

नेपाल समाचारपत्र, वीरगन्ज
वीरगन्ज महानगरपालिकाले कर वृद्धि गरेको भन्दै उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको आह्वानमा उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

संघले करको दर पुनरावलोकनका लागि महानगरपालिकालाई ७ दिने अल्टिमेटमसमेत दिएको छ । घण्टाघरबाट निकालिएको ¥याली माइस्थान, आदर्शनगर हुँदै वीरगन्ज महानगरपालिकामा पुगेको थियो ।¥यालीमा सहभागीहरुले कवाडी कर खारेज गर, औद्योगिक उत्पादनमा लगाएको कर खारेज गर, सम्पत्ति, घर जग्गा करमा गरेको वृद्धि फिर्ता गर, यातायात तथा ट्रान्सपोर्टमा गरिएको कर वृद्धि फिर्ता गर, नयाँ सवारी कर फिर्ता गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

महानगरपालिकामा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रदेश सांसद ओमप्रकाश शर्माले नगरप्रमुख विजयकुमार सरावगीलाई ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा आर्थिक वर्ष २०७५÷०७६ का लागि कायम गरेको कर, शुल्क, दस्तुर असुलीको निर्णय पुनरावलोकन माग गरिएको छ । तर, मेयर विजय सरावगीले भने उद्योगी व्यवसायीको प्रतिनिधि राजस्व परामर्श समितिमा बसेर कर निर्धारण गर्दा पनि विरोध गर्नु उचित नभएको बताउनुभयो ।

‘करका सम्बन्धमा बजारमा कतिपय जायज विषय पनि आए, कतिपय अफवाह फैलिएको छ,’ उहाँले भन्नुभयो– कुनै पनि समस्या छ भने छलफलबाट समाधान खोज्नुपर्छ ।’ उद्योग वाणिज्य संघका प्रतिनिधिकै रोहबरमा कर निर्धारण गरिएको भन्दै उहाँले भन्नुभयो–‘नगरबासीलाई मर्का पर्ने गरी कर निर्धारण गरिएकै छैन । तैपनि कुनै समस्या भए समाधान निकाल्न सकिन्छ ।’ मेयर सरावगी वीरगन्ज उद्योग बाणिज्य संघका पँर्वअध्यक्ष हुन् ।