निगमद्वारा ट्रिपर हस्तान्तरण

0
Shares

काठमाडौं,(नेस)
नेपाल आयल निगमले पशुपति क्षेत्रमा साफा राख्ने हेतुले विकास कोषलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई एक थान हाइड्रोलिक ट्रिपर हस्तान्तरण गरिएको निगमले जनाएको छ ।

आइतबार निगमका निमित्त प्रमुख सुशील भट्टराईले कोषका सदस्यसचिव डा. प्रदीप ढकाललाई ट्रिपरको ट्रिपरको साँचो हस्तान्तरण गर्नु भयो । साथै निगमले १३ लाख ९५ हजार रुपियाँ पनि कोषलाई प्रदान गरेको छ ।

निगमले ट्रिपरका लागि आवश्यक इन्धनका साथै सरसफाईको लागि १० जान कामदार समेत उपलब्ध गराउने छ । निगम र कोषबीच यो सम्झौता पाँच वर्षका लागि भएको निगमले जानएको छ ।