बूढीगण्डकीका निम्ति इन्धनबाट २२ अर्ब जम्मा

0
Shares

काठमाडौं, (नेस)
बँढीगण्डकी जलविद्युत् आयोजना निर्माणका निम्ति स्रोत जुटाउन सरकारले पेट्रोलियम पदार्थमा लगाएको पँर्वाधार करबाट आर्थिक वर्ष २०७४÷७५ सम्ममा करिब २२ अर्ब रुपियाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४२ करोड रहेको थियो ।

नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा मात्रै १२ अर्ब ५८ करोड रुपियाँ जम्मा भएको जनाएको छ । नेपालमा प्रत्येक वर्ष २० प्रतिशतसम्म इधनको माग बढिरहेको सन्दर्भमा चालँ आवमा अझै बढी रकम जम्मा हुने संकेत देखिएको छ ।

उक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्न सरकारले पेट्रोलियम इन्धनमा लगाउँदै आएको ५ रुपियाँ प्रतिलिटरको पँर्वाधार र कार्बन करलाई बलियो आधारका रुपमा लिइएको छ ।

बँढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि वार्षिक रूपमा बजेट विनियोजन गर्ने तथा पेट्रोलियम इन्धनमा लगाइने र कार्बन करसमेतलाई स्वदेशी स्रँेत सम्भाव्यताको प्रमुख आधार मानिएको छ ।

यसका साथै सरकारले पेट्रोलियम पदार्थमा भन्सार शुल्क, प्रज्ञापन पत्र शुल्क,सडक मर्मत सम्भार शुल्क, प्रदँषण शुल्क मँल्य अभि वृद्धि कर लिँदै आएको थियो । यसकारण निगमले भारतमा किनेको मँल्य दरभन्दा दोब्बर बढी मँल्यमा उपभोक्तालाई पेट्रोलियम पदार्थ बेच्दै आएको छ ।