साउदलाई नहटाउन अदालतको आदेश

0
Shares

काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई नहटाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । आइतबार न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले साउदलाई काममा फर्काउन अन्तरिम आदेश दिएको हो ।
सरकारले पूर्ववर्ती देउवा सरकारले भदौपछि नियुक्त गरेका सबै नियुक्त खारेज गर्दैैैैैैैैै साउदलाई हटाएर अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई नेप्सेको सीईओ नियुक्त गरेको थियो । गत असोजमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका साउदले आफूलाई गैरकानुनी तरिकाबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा पुगेका थिए ।