१२ सयको बिन्दूमा अडियो नेप्से, कारोबार भने बढेन

0
Shares

काठमाडौं, (नेस)
आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ८ दशमलव ११ अंकले बढेर १ हजार २ सय दशमलव शून्य ९ अंकमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।
दिनभरमा १ सय ७० वटा कम्पनीको ६ लाख ६७ हजार ४ सय ३४ कित्ता शेयर ३ हजार ५ सय ९२ पटक खरिद बिक्री हु“दा १९ करोड ३८ लाख २६ हजार ४ सय १० रुपिया“ बराबरको मात्रै कारोबार भएको छ ।

आइतबार वित्त समूहबाहेक अन्य सबै समूहको उपसूचक उकालो लागेको छ । वित्त समूह १ दशमलव ५७ अंकले घटेको छ । सबैभन्दा धेरै बीमा समूहको उपसुचक ४३ दशमलव ४९ अंकले बढेको छ । बैंकिङ समूहको उपसूचक ७ दशमलव ८५ अंकले, व्यापार समूहको उपसूचक शून्य दशमलव १७ अंकले, होटल समूहको उपसूचक ४० दशमलव ६६ अंकले र विकास बैंक समूहको उपसुचक ७ दशमलव ७१ अंकले बढेका छन ।

त्यसैगरी जलविद्युत् समूहको उपसूचक १० दशमलव ७८ अंकले, उत्पादनमुलक समूहको उपसूचक ९ दशमलव ३८ अंकले, अन्य समूहको उपसूचक १ दशमलव ९ अंकले र लघुवित्त समूहको उपसूचक ६ दशमलव ५५ अंकले बढेका छन् ।

आइतबारको कारोबारमा सबैभन्दा धेरै सेञ्चुरी कमर्सियल बैंक प्रोमोटर शेयरको १ करोड २९ लाख २४ हजार रुपिया“ बराबर कारोबार भएको छ । सबैभन्दा बढी कमाउनेमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव शुन्य ८ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा नेसनल हाइड्रोका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् ।