काठमाडौं, (नेस)
राष्ट्रिय फुटबल टिमका खेलाडी नवयुग श्रेष्ठद्वारा बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालयलाई पुष्पतारा केडिया सेवा संस्थाद्वारा आयोजित एवम् वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिद्वारा प्रायोजन गरिएको फुटबल सामग्री हस्तान्तरण गर्नुभयो ।
नवयुग श्रेष्ठ वृज सुपर प्रिमियिम ओपीसी सिमेन्टको ब्रान्ड एम्बेस्डरको रुपमा विगत एक वर्षदेखि आवद्ध हुनुहुन्छ । २०१८ सालमा स्थापना भएको विद्यालयमा करिब ४०० जना विद्यार्थी अध्ययनरत छन् । नेपाली फुटबल खेलमा वृज सिमेन्टले गरेको सहयोग एकदमै सह्रानीय भएको प्रधानाध्यापक पुकार कर्णजितले बताउनुभयो।
वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवामा छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड स्लाग सिमेन्ट (पीएससी) सिमेन्ट उत्पादन गरि बिक्री वितरणगर्दैै आइरहेको छ ।
कम्पनीले साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने पीपीसी सिमेन्टअन्तर्गत वृज, जम्बो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्रान्डहरु उत्पादनगर्दछ र पीएससी सिमेन्टअन्तर्गत वृज सुपर पावर व्रान्ड उत्पादन गर्दछ ।
प्रतिक्रिया