निर्माणमा ठेकेदारको चरम लापरवाही, ५ वर्ष वितिसक्दा पनि पुल बनेन

0
Shares

धनवीर दाहाल,रुकुम ।

निर्माणको जिम्मा लिएको ५ बर्ष पुगि सक्दा सम्म पुल निर्माण नहुँदा रुकुम पुर्वको रुकुमगाडमा स्थानीयहरुलाई सास्ती भएको छ । निर्माणको जिम्मा लिएको निर्माण कम्पनीको चरम लार्पवाहीका कारण बिगतका बर्ष जस्तै बर्षातको समयमा वारपार गर्न स्थानीयलाई निकै जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ ।

रुकुम पुर्वको सिस्ने गाँउपालिका र भूमे गाउँपालिकाबीच पर्ने रुकुमगाडमा ५ बर्ष पहिला पक्की पुल निर्माणको जिम्मा लिएको भएपनि हाल सम्म ५ प्रतिशत पनि काम नभएको तस्वीरले स्पष्ट पारेको छ ।

काममा लार्पबाही तथा ढिला सुस्ती ठेकेदार कम्पनीलाई सरकारले कार्वाही गर्ने बताएपनि रुकुमगाडमा दयनिय अवस्था हुँदा हुँदै काम नगर्ने ठेकेदारलाई राज्यले कार्वाही गर्न नसकेको भनि स्थानीय चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो पटक परेको वर्षापछि खोला बढेकाले सवारी वारपार गर्न कठिन भइरहेको छ । रुकुमगाड खोलामा पक्की पुल निर्माण जिम्मा लिएको याकथुम्हाङरबीबी जेभी निर्माण सेवाको लापरबाहीका कारण पुल निर्माण हुन सकेको छैन । सोही खोला तरेपछि मात्रै जिल्लाका २ स्थानीय तह भूमे र पुथाउत्तरगंगा गाउँपालिका पुग्न सकिन्छ ।

रोकिएको सडक खुलाउने जिम्मा मध्यपहाडी लोकमार्गमा काम गरिरहेकाको हो भन्दै सम्बन्धित निकाय भने पन्छिँदै आएको छ । मध्यपहाडी लोकमार्गको अन्य ठाँउमा काम भइरहेको भएपनि बिच बिचमा पुल निर्माणको जिम्मा लिएको सो कम्पनीले चरण लार्पबाही गरेको स्थानीयको दुखेसो छ ।

डिजाइन परिवर्तनलगायत समस्या देखाउँदै निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको स्थानीय मदनकुमार बुढाले बताए । ‘एउटा सानो पुल बनाउन ५ वर्षभन्दा कति समय लाग्छ ?’ उनले भने, ‘अहिलेसम्म पुलको सामान्य संरचना समेत नबन्दा हामीले हरेक वर्षामा दुस्ख पाइरहेका छौं ।’

स्थानीय बिरमता पुनका अनुसार हरेक बर्ष सोही ठाँउमा खोला तर्दा निकै जोखिम मोल्नु पर्दछ । “कुनै बेला त सामान पनि बगाउँछ ।” उनले भनिन् “हाल सम्म मानविय क्षति त भएको छैन तर धनसम्पती त धेरै यहि खोलाले बगाई सक्यो ।”