जलविद्युत्मा सर्वसाधारणको लगानी बढाइने

0
Shares

काठमाडौं (नेस)
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलले जलविद्युत् आयोजनामा सर्वसाधारण तथा आर्थिक रुपमा विपन्न नागरिकलाई सहज रुपमा लगानीको वातावरण बनाउने पहल थालेको छ ।

मंगलबार ऊर्जा मन्त्रालयमा नदी प्रवाहमा आधारित तथा अर्ध जलाशययुक्त १६ आयोजना निर्माणका लागि सर्वसाधारणको थोरै परिमाणको पुँजी परिचालन गरेर भए पनि ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने सरकारको लक्ष्य पँरा गर्ने भन्ने विषयमा छलफलसमेत भएको छ ।

छलफलमा समेटिएका ३ हजार ३ सय ९७ मेगावाट उत्पादन क्षमताका १६ वटा आयोजनामध्ये प्राथमिकताका आधारमा ती आयोजनाको निर्माण प्रक्रिया अघि बढाईने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बताउनुभयो । यी आयोजना निर्माणका लागि करिब ७ खर्ब रुपियाँ लागत अनुमान गरिएको छ ।