हेटाैंडा कपडा उद्योग पुनःसञ्चालन गर्न कार्यदल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
१८ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनःसञ्चालनका लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय भएको छ । उद्योग, वाणिज्य तथा आपँर्तिमन्त्री मातृकाप्रसाद यादवको संयोजकत्वमा बसेको बैठकले ५ वटा कार्यशर्तसहित एउटा कार्यदल बनाउने निर्णय गरेको हो ।

नेपाली सेनाका कायममुकायम प्रधानसेनापति पूँर्णचन्द्र थापा, उद्योग सचिव यामकुमारी खतिवडा, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईसमेतको सहभागितामा बसेको बैठकमा हेटौंडा कपडा उद्योगको सञ्चालन तथा पेट्रोलियम पदार्थको ढुवानी सम्बन्धी विषयमा छलफल भएको हो ।

छलफलमा हेटौंडा कपडा उद्योगकोे सञ्चालन सम्वन्धमा नेपाली सेनाको क्षेत्रबाट मेकानिकल, मार्केटिङ र टेक्सटाइल सम्बन्धी ज्ञान भएका तीन जना अधिकृत स्तरका कर्मचारी, उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालयको तर्पmबाट प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल इन्जिनियर, अर्थ मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव र विज्ञको रुपमा मन्त्रालयबाट मनोनित एकजना मेकानिकल इन्जिनियरसमेत जम्मा ७ जना सम्मिलित कार्यदल गठन गर्ने निर्णय भएको छ ।

उक्त कार्यदलले उद्योगको मिल मेसिनरी र पँर्वाधारको अवस्थाका बारेमा अध्ययन, उद्योग सञ्चालनको मोडालिटी, लगानीको मोडालिटी, उद्योगको हालको आर्थिक, प्राविधिक तथा कानुनीलगायत अन्य पक्ष र उद्योग सञ्चालनको लागतको विषयमा अध्ययन गरी १५ दिनभित्र नेपाली सेना र उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्नेछ ।

यस अघि २०७३ सालमा सरकारले हेटौडा कपडा उद्योग पुनः सञ्चालनका लागि विस्तृत अध्ययन गर्न अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पँर्व सदस्य डा. पुस्कर बज्राचार्यको संयोजकत्वमा एक समिति गठन भएको थियो । तर, उक्त समितिले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन नहुँदै फेरि अर्को अध्ययन समिति गठन गरिएको छ ।

सेनाले लामो समयदेखि कपडा उद्योग सञ्चालनका लागि चासो राख्दै आएको छ। सैनिक कल्याण कोषमार्फत् सेनाको सैनिक सामग्री उत्पादन निर्देशनअन्तर्गतको कम्पनी ‘बहुव्यवसाय उद्योग’मार्फत् सेनाले हेटौडा उद्योग सञ्चालन गर्ने भन्देै आएको छ ।