इलेप खोला जलविद्युत् आयोजनासँग पीपीए

0
Shares

काठमाडौं, (नेस)
धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३ दशलव ६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पीपीए) भएको छ ।

नेपाल विद्युत प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सँचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले र आयोजनाकातर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनी प्रालिका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा प्रतियुनिट क्रमशः ८ दशमलव ४० र ४ दशमलव ८० रुपियाँमा खरिद गर्ने छ । आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मँल्यवृद्धि (स्कालेसन) पाउने छ । आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी आयोजनाको निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताउनुभयो । उहाँले निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । पीपीएअनुसार आयोजनाले व्यापारिकरुपमा विद्युत् उत्पादन गर्नुपर्ने डिसेम्बर २०२४ छ ।

निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपियाँ छ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपँर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताउनुभयो । उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारणलाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिशँली ३ बी हव सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।