व्यापारी पक्राउ

0
Shares

बुटवल, (नेस)
भन्सारमा नाम एक सामान अनेक ल्याउने बुटवलका एक व्यापारी पक्राउ परेका छन् ।
विल विजकमा उल्लेख गरेभन्दा फरक सामान र बढी परिमाणमा सामान आयात गरेको पाइएपछि जय मातादी ट्रेडर्स बुटवलका सञ्चालक राजेन्द्र शर्मा पक्राउ परेका हुन् ।

सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्मको टोलीले रुपन्देही देवदह नगरपालिका ११ शुक्रौली भन्ने स्थानमा लु १ च ९५८९ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा विजक र भन्सार प्रज्ञापनपत्र भन्दा फरक सामान र परिमाण भेटिएको हो ।

पक्राउपछि शर्मालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

विजकमा स्टोभ पार्ट्स तीन सय थान उल्लेख गरिएकोमा सो नभएर ग्यास रेगुलेटर भएको र लेडिज ब्रा ९ हजार ५ सय थान हुनुपर्नेमा १९ हजार ३ सय ७४ थान रहेको पाइएको हो । सामानको भन्सार मूल्य प्रज्ञापन पत्र अनुसार ६ लाख ७६ हजार ५ सय ३१ रुपियाँ रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।