नयाँ विमानले दोहाबाट पहिलो उडान भर्ने

0
Shares

काठमाडौं, (नेस)
नेपाल वायु सेवा निगमले हालै ल्याएको नयाँ वाइडबडी विमानले कतारको दोहाबाट पहिलो उडान भर्ने भएको छ । हप्ताको सातैदिन उडान भर्ने गरी निगमले गृहकार्य गरिरहेको निगमले जनाएको छ ।

बाँकी समयमा भने हाल उडान गरिरहेकै गन्तव्यमा उडान गर्दै जानेछ । हाल ३ ठूला विमानबाट ८ गन्तव्यमा उडान भरिरहेको निगममा विमानलाई वाइडबडी आएसँगै व्यवस्थापनमा समेत सहज भएको छ। नयाँ वाइडवडी विमानबाट साउदी अरबको रियाद र जापानमा उडान भर्ने योजना पहिलेनै सार्वजनिक गरेको थियो ।

उक्त विमानले दोहाबाहेक बैंगलोर र बैंककमा हप्ताको चार दिन उडान भर्ने भएको छ । निगमले जापानमा सेप्टम्बरभित्र उडान गर्ने गरी गृहकार्य गरिरहेको छ ।जापानसँग सिधा उडानको लागि यसै महिना नेपाल सरकार र जापान सरकारबीच साताका १४ उडान गर्न समेत सहमति गरेको थियो ।

३ विमान बाट ८ गन्तव्यमा उडान गरिरहेको निगमसँग बोइङ ९ एसीबी–५७५ र दुईवटा एयरबस ३२० विमान रहेको छन् । दोहा, दुबई, हङकङ, नयाँ दिल्ली, बैंगलोर, क्वालालम्पुर, मुम्बई र बैंककमा उडान गर्दै आएको छ ।