मोटरसाइकल चोरी गर्ने २ पक्राउ


डोटी, (नेस)
डोटीमा मोटसाईकिल चोरी गर्ने जना जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका १ बस्ने वर्ष २५ को साजन रिजाल रहेका छन् ।

डोटीका डम्मर डौडीको से२प ९६६१ नम्वरको १५० सिसिको पल्सर मोटर साइकल चोरी गरी पाटपुर्जा निकालेको आरोपमा प्रहरीले उनलाई हिजो सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेका रिजाल सुदूरपश्चिम यातायतको ना ४ ख ८१३९ नम्वरको बसका मालिक समेत रहेको र उनले आफनो बसका सहचालक गोदावरी नगरपालिका ४ अत्तरिया बस्ने बर्ष २४ का लोकेशवहादुर शाहलाई समेत प्रयोग गरेको पुष्टि भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।