ज्योति लाइफ इन्स्योरेन्सद्वारा सहयोग

0
Shares

काठमाडौं, (नेस)
ज्योति लाइफ इन्स्योरेन्सले हार्टबिटस“गको सहकार्यलाई अघि बढाएको छ । हार्टबिट फाउन्डेसन सडक बालबालिकाहरुको लागि शिक्षा र कलाको विषयमा काम गर्ने एक गैरसरकारी संस्था हो । संस्थाले सडक बालबालिकालाई हाउस अफ प्यालेट्सको भ्रमण गराइएको थियो, जहा“ उनीहरुले उनीहरुको खुशी र माया भनेको कस्तो हुन्छ भन्ने आफ्नो विचारमा रङ भरेका थिए । सो रङमय सन्ध्या नायक राजेश हमालले उनीहरुको हौसला बढाइदिनु भएको थियो ।

यसरी कोरिएका चित्रलाई शुभकामना कार्ड मार्फत गरी वितरण गरिएको थियो भने ज्योति लाइफको क्यालेण्डरमा समेत प्रयोग गरिएको थियो । हार्टबिट फाउन्डेसनलाई थप सहयोग स्वरुप ज्योति लाइफले उनीहरुको आफैंले कोरेका तस्वीररु भएको क्यालेण्डरका साथै टेबल, मेचहरु पनि प्रदान गरेको छ ।