भन्सार शुल्कले अमेरिकी राज्यहरु प्रभावित


वासिङटन (एजेन्सी)
अमेरिका विरुद्ध लगाइएको १० औं अर्ब डलरको जवाफी अतिरिक्त शुल्कबाट देशको ५० राज्यमा पर्ने असरका विषयमा अमेरिकी चेम्बर अफ कमर्सले एउटा विश्लेषण जारी गरेको छ ।

निर्यातमा सबैभन्दा धेरै हिस्सा बोकेका पाँचवटा राज्यमा देशको अतिरिक्त करका कारण अन्तराष्टिय ब्यापारमा आधारित प्राय रोजगारलाई धक्का पुगेको बताइएकोछ । निर्यात लक्षित प्रतिशोधका लागि वासिङटन पहिलो राज्य बनेको छ ।

त्यसमा चीनको अतिरिक्त शुल्क महत्वपुर्ण मानिएको छ । यस राज्यमा ब्यापारबाटै करिब १० लाख रोजगार धानिरहेको छ । त्यसैगरि दोश्रो अत्यन्त प्रभावित राज्यमा लुजियाना परेकोछ । भटमासमा चिनियाँ भंसार शुल्कका कारण उक्त राज्यको आम्दानी तथा रोजगार ब्यापक खस्केको छ । कम्तिमा पाँच वटा राज्यमात्र यसको न्युन प्रभावमा रहेको बताइएको छ ।

अतिरिक्त भंसार शुल्क लगाइएका निर्यातित बस्तुलाई लिएर अमेरिकाको मोन्टाना र हवाई राज्य न्युन असर देखिएको छ । अमेरिकी पाँचमा तीन राज्य क्यानाडामा गरिने निर्यातमा लगाइएको अतिरिक्त शुल्कबाट अत्यन्त प्रभावित भएका छन् ।

करिब ७५ अर्बं डलरको निर्यातित बस्तुमा बडला स्वरुप आएको चीन, युरोपेली युनियन, क्यानाडाको अतिरिक्त भंसार शुल्क लाग्ने चेम्बर अफ कमर्सले जनाएको छ ।