ब्यापार युद्धबीच ट्रम्पको चुनावी झन्डा चीनमा बन्दै


वासिङटन (एजेन्सी)
अमेरिका र चीनबीच ब्यापार युद्ध चलिरहेको छ, तर एक चिनियाँ कम्पनीले अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको चुनाव अभियानका लागि झन्डा तथा ब्यानरहरु बनाइरहेको छ ।
सन् २०२० मा दाश्रो कार्यकालका लागि निर्वाचित हुने आफ्नो अभियानका लागि डोनाल्ड ट्रम्प झन्डा चिनिया कम्पनीले बताइरहेका छन् । राष्टपति ट्रम्पकै नितिका कारण चीनबाट आउने अधिकांश सामानहरुमा अतिरिक्त भन्सार शुल्क लगाइएको छ ।

अमेरिकाको नेसनल पब्लिक रेडियोले उक्त समाचार दिएको हो । समाचार अनुसार पुर्वी झेजियांग प्रान्तको उक्त कारखानले सन् २०१६ मा पनि हिलारी क्लिन्टन र ट्रम्पको चुनावी अभियानका लागि झन्डा बनाएका थिए ।

कम्पनीका मालिक लि छियांगले भने– हामी २०२० मा पनि ट्रम्पका लागि झण्डा बनाउँछौं । उनी सन् २०२० को चुनावमा पनि मैदानमा उत्रन्छ भन्ने लागेको छ । के यो ठीक होइन ?
उनले ट्रम्पको २०२० चुनाव अभियानका लािग झन्डा बनाउनुलाइई ‘पुर्ण रुपमा सामान्य‘ भएको बताउँदै भने, ‘यो त ब्यापार हो । हामी अमेरिकाबाट सामान किन्छौं र अमेरिका चीनबाट सामान किनिरहेको छ । जस्तो मेरो गाडी अमेरिकाको हो ‘।

उल्लेखनिय कुरा के हो भने अमेरिका र चीनबीच ब्यापारलाई लिएर ब्यापक तनावको स्थिति रहेको छ । दुशै देशले एक अर्कालाई ३४–३४ अर्ब डलरको निर्यातमा दण्डात्मक शुल्क लगाएका छन् । उक्त नयाँ अतिरिक्त शुल्क शुक्रबारबाट लागु भएको छ ।