अब कपिल शर्माको पनि बायोपिक बन्दै


एजेन्सी । बलिउड फिल्ममा आजभोलि बायोपिकको चलन चलिरहेको छ । केही दिन पहिला मात्र प्रदर्शनमा आएको ‘सञ्जु’ ले राम्रो बजार लिईरहेको छ ।

बायोपिक बनाउने प्रक्रियामा अब कमेडिएन कपिल शर्मालाई पनि ठुलो पर्दामा देखाउने चर्चा भइरहेको छ । हिन्दी फिल्म ‘तेरी भाभी है’ का निर्देशक विनोद तिवारी चाडैँनै कपिल शर्माको बायोपिक बनाउन लागेका हुन ।

उनको इच्छा अनुसार कपिल स्वयमले यो फिल्ममा खेल्ने जानकारी दिएका छन ।

बिनोदका अनुसार फिल्म सञ्जु हेरिसके पछि बायोपिक बनाउने अठोट राखेका उनका अनुसार कपिलको कथालाई पर्दामा उर्तान आवश्यक रहेको जनाएका छन ।

२०१० मा उनले कपिलको बायोपिक बनाउने चाहाना राखेका थिए तर प्रड्युसर तयार नरहेका कारण त्यो सपना चाहानामा मात्रै रहेकोले अब चाडै साकार हुने जानकारि उनले गराएका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।