प्रहरी तालिम केन्द्र बन्न ढिलाई भएपछि धानखेती

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
हाल महाराजगन्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई स्थानान्तरण गर्दै पनौतीमा प्रतिष्ठान निर्माण गर्ने कार्य ढिलाई हुदा उक्त जग्गामा अञ्चल सशस्त्र गुल्म बाग्मतीका प्रहरीहरु धानखेति गरि बसेका छन् । नेपाल सरकारको नाममा रहेको करिब ९ सय रोपनी जग्गा खालि भएपछि अञ्चल सशस्त्र गुल्म पनौतीमा बसेको छ । गुल्ममा ८४ जना प्रहरी बसेका छन् ।

भारत सरकारको करिब ९ अर्ब रुयौया सहयोगमा पनौतीमा निर्माण गर्ने भनिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको लागि आवश्यक जग्गा अधिग्रहण गरिसकेको छ ।


राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणको लागि अधिग्रहण गरिएको जग्गा मध्य करिब ५० रोपनी जग्गामा अञ्चल सशस्त्र गुल्म बाग्मतीका प्रहरीहरु गरेको धनखेतीबाट साढे तीन महिनामा करिब ५ लाख रुपैया आम्दानी हुने बताइन्छ ।


पनौतीमा प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणको लागि २०५२ साल देखि नै जग्गा अधिग्रहण गर्न थालिएको भएपनि सन् २०१४ मा मात्र नेपाल र भारत वीच सम्झौता भएको थियो ।

प्रतिष्ठान निर्माण बारे प्रक्रिया बारे जानकारी दिदै प्रहरी प्रवक्ता शैलेश थापाले कन्सल्टेनसी नियुक्तिको लागि एमओयू आवश्यक संशोधन गरि भारत र नेपाल दुवै पक्ष अघि बढेको बताउनु भएको छ । दुवै पक्षको सहमतिले एमओयु संशोधन भएको उहाको भनाई छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बैठकमा सहभागी हुन नेपाल आउँदा तालिम केन्द्र निर्माणसम्बन्धी परियोजनाको सम्झौतामा हस्ताक्षर भएको थियो । परियोजनाका लागि भारतले रु आठ अर्ब ७९ करोड १३ लाख ८० हजार सहयोग गर्ने सम्झौताअनुरुप पहिलो चरणमा भारतले दुई अर्ब ३० करोड ७८ लाख ४५ हजार पठाइसकेको छ ।

प्रतिष्ठान निर्माण कार्यमा ढिलाई भएसंगै प्रतिष्ठानको लागि खरिद गरिएको जग्गामा धान खेती गरि बसेका छन् । अञ्चल सशस्त्र गुल्म पनौतीले सो जग्गामा धान खेति गरे पछि प्रहरीले धान खेति गर्न पाउने की नपाउने भन्ने वहस पनि चलेको छ । करिब ५० रोपनी जग्गामा अहिले प्रहरीले धान रोपेका छन् । त्यो धानबाट हुने आम्दानी कस्को हुन्छ भन्ने बारेमा गुल्मका प्रहरी निरिक्षक दिनेश पौडेल भन्नुहुन्छ– प्रहरी जवानहरुको परिवारले नै खान्छन् ।

गुल्मका प्रहरीहरुले यो धानखेती बाट साढे तीन महिनामा ५ लाख भन्दा बढी आम्दानी गर्छन ।

प्रहरी धान खेती गरेर बस्ने की शान्ति सुरक्षामा खटिने भन्ने बारेमा प्रहरी निरिक्षक पौडेलले धान खेतिले डिउटीमा असर नगरेको बताउछन् । सरकारको नै जग्गा बाझो नराख्ने नीति भएकोले प्रहरीले धानखेती गरेको उहाको भनाई छ । ‘कृषि मन्त्री आएर यो प्रहरी प्रतिष्ठानको जग्गा कीन बाझो राखेको भनेर सोधेभने हामिले के जवाफ दिने’ प्रहरी निरिक्षक थापा भन्नुहुन्छ– बाझो जग्गामा धान रोपेर प्रहरीले खानु नराम्रो होइन ।

प्रतिष्ठानको जग्गामा सिजन अनुसारका खेति गर्ने गरेको उहाको भनाई थियो । यस विषयमा प्रहरी प्रवक्ता थापाले धानखेतिबाट हुने आम्दानी संस्थागत हुनुपर्ने हाकिमलाई पोस्न नहुने बताउनु हुन्छ ।