म्याजिक र मोटरसाइकल ठोक्किदा प्युठानमा एक जनाको ज्यान गयो



सलिम अन्सारी, प्यूठान । जिल्लाको माण्डवी गाउँपालिका ५ चेरनेटा (पावर हाउस नजिकै) म्याजिक र मोटरसाइकल ठोकिदाँ मोटर साइकल चालकको ज्यान गएको छ । मोटरसाइकलमा सवार प्यूठान नगरपालिका ४ ढांडखोला निवासी ३७ वर्षिय गोविन्द रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

चकचकेबाट विजुवार तर्फ आउदै गरेको लु १३ प. ९३१६ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फबाट गइरहेको रा. १ ज. ६५७ नम्बरको म्याजिक एकआपसमा ठोक्किदा खड्काको ज्यान गएको हो।

मोटरसाइकल चालक घाइते खड््काको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । म्याजिक चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्