एक लाख ३३ हजार बिरुवा रोपण


काठमाडौँ, वन तथा वातावरण मन्त्रालयको तत्वावधानमा विभिन्न प्रजातिका एक लाख ३३ हजार ९३८ बिरुवा रोपण गरेका छन् ।

राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा विभिन्न ५३ जिल्ला वन कार्यालयले एकैदिन विभिन्न कार्यक्रम गरी उक्त बिरुवा रोपण गरेको मन्त्रालयले जनाएको छ ।

वन कार्यालयले चाप, रुद्राक्ष, गोब्रेसल्ला, नरिवल, आप, जामुन, सिसौँ, अमला, ओखर, कोइरालो, तेजपात, धुपी, बाँस, अशोक, टिमुर, कपुर, बकाइनो, अमृसोलगायत प्रजातिका बिरुवा रोपेको हो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।