इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक


काठमाडौँ, सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली ९इपिएस० भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस वर्ष दक्षिण कोरियाले सात हजार १०० नेपाली कामदारको माग गरेकामा सोभन्दा बढी उत्तीर्ण भएको परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

भाषा परीक्षामा ७४ हजार ८६२ परीक्षार्थी सहभागी थिए ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।