एलिप्सका दुई जना छात्राले ४ जीपीए ल्याए



काठमाडौ(नेस) । २०७४ सालमा संचालन भएको एसइई परीक्षामा सो¥हखुट्टेस्थित इटरनल लाइट पब्लिक स्कूल (एलिप्स) बाट दुई जना छात्राले ४ जीपीए ल्याउन सफल भएका छन् । ४ जीपीए ल्याउन सफल भएका छात्राहरुमा प्रशंसा महर्जन र कृपा बास्कोटा रहेका छन ।

सो विद्यालयका शिक्षक कपिल खनालले यो आफ्नो विद्यालयको गौरवको विषयको भएको बताउनुभयो । सो विद्यालयबाट ५३ जनाले एसइई दिएकामा १६ जनाले ए प्लस ल्याउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्