छात्राद्धारा आत्महत्याको प्रयास, विद्यार्थी आन्दोलित



यमलाल भुसाल
बुटवल, । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ को शँकरनगरमा संचालित एडभान्स कलेजमा अध्ययनरत एक छात्राले आत्महत्याको प्रयास गर्दा पनि कलेज प्रशासन गम्भिर हुन नसकेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

नर्सिङ्गको पढाई हुने सो कलेजमा शुक्रवार साँझ प्रथम बर्षमा अध्ययनरत एक छात्राले होस्टल वार्डेन निर्मला घिमिरे संगको विवाद पछि आत्महत्या गर्ने प्रयास गरेको कलेजमा अध्ययनरत विद्यार्थीहरुले वताएका छन ।

विद्यार्थीका अनुसार दुई हप्ता अघि बुटवलमा पुलचोकमा रहेको कलेजको होस्टलमा बस्ने विद्यार्थीहरुका लागि प्रत्येक शुक्रवार साँझ ८ वजे देखि शनिवार विहान ५ वजे सम्म मात्र मोवाईल प्रयोग गर्न दिने नियम होस्टलले वनाएको छ ।

सोही नियमको पालना गर्दै हरेक शुक्रवार जस्तै विद्यार्थीहरुले मोवाईल प्रयोग गर्न र होस्टल वाहिर जान माग गरेकोमा होस्टल वार्डेन निर्मलाले मोवाईल प्रयोग गर्न र बाहिर जान रोके पछि विद्यार्थी र वार्डेन विच विवाद भएको थियो ।

विवादकै बीच मोवाईल प्रयोग गर्न र वाहिर जान वार्डेनले कडाई गरेपछि होस्टलमा वस्दै आएकी कलेजकी एक छात्राले होस्टलको वाथरुम भित्र गई चक्कुले हात चिरेर आत्महत्याको प्रयास गरेको विद्यार्थीहरुको भनाई छ ।

सो घटना लगत्तै होस्टलमा वस्ने विद्यार्थी र वार्डेनले वाथरुमको ढोक फोडेर ति छात्रालाई वाहिर निकाली उपचारका लागि अस्पताल पु¥याएका कारण उनको ज्यान जोगिएको थियो ।
सो घटना पछि आन्दोलित विद्यार्थीहरुले होस्टलमा त्यत्रो घटना हुदा समेत वार्डेन र कलेज प्रशासन गम्भिर नवनेको र उल्टै विद्यार्थीहरुलाई धम्क्याउने र दवावमा पार्ने काम गरेको आरोप लगाएका छन् । उनीहरु होस्टल वार्डेनको राजिनामा माग, नियम अनुसार मोवाईल प्रयोग र वाहिर जान पाउनु पर्ने माग राख्दै आन्दोलित भएपछि सोमवार देखि कलेजको पठन पाठन समेत अवरुद्ध भएको छ ।

यस विषयमा कलेजका प्रवन्ध निर्देशक चेतनारायण भण्डारीसंग वुझ्दा होष्टलमा घटना भएको स्वीकार्दै विद्यार्थीहरुले लिखित रुपमा कुनै माग प्रस्तुत नगरेकोले विद्यार्थीहरुसंग छलफल हुन नसकेको वताउनु भयो ।

उहांले विद्यार्थीहरुलाई वार्तामा वोलाइएको र वार्तावाट समस्याको समाधान गर्ने पक्षमा कलेज प्रशासन रहेको वताउनु भयो । यदि विद्यार्थीहरु वार्तामा पनि नआउने र कलेजमा पनि नआएको खण्डमा केही दिन कलेज वन्दको सूचना जारी गरी समस्या समाधानको उपाय खोजिने भण्डारीले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्